कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका(बर्गदवा क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आज दुई समुदायका युवाबीच सुरु भएको विवाद चर्किँदै गएपछि सम्भावित झडप रोक्न प्रशासनले दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।

निषेधाज्ञाअनुसार कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा समूहगत गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । घटनाका क्रममा भएको झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा ल्याइएको छ । गोली लागेर घाइते भएका तीन जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ भने अन्य दुई जनाको शिवराज अस्पतालमै उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

गोली लागेर घाइते हुनेहरूमा सानो बुटहनिया निवासी २२ वर्षीय अरुण भनिने जितेन्द्र यादव, भोरहवा निवासी २० वर्षीय मोनु पासी र जिगना निवासी २५ वर्षीय प्रदीप पासी रहेका छन् । उनीहरूलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ ।

त्यस्तै सानो बुटहनिया निवासी २२ वर्षीय महेन्द्र रैदास हाल शिवराज अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । अजिगरा निवासी ७५ वर्षीय काशी रैदास ढुङ्गामुढा प्रहारबाट घाइते भई सोही अस्पतालमा उपचार गराइरहेका छन् ।

स्थिति थप बिग्रिन नदिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ । साथै, स्थानीय प्रशासनले सबैलाई संयमित रहन, अफवाह नफैलाउन र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

यता आन्दोलनकारीहरु गैडहवा , बहादुरगंज , बुटअनिया, डुमरा लगायतका चाैकमा टायर बालेर चकाजाम गरेका छन । साथै दाेषीलाई कार्यवाहीकाे माग गरिरहेका छन ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी