धनुषा — प्रधानमन्त्री सुशीला कार्की ले जानकी मन्दिर मा दर्शन तथा पूजा–अर्चना गरेकी छन्।
निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिर पुगेर विशेष पूजा गरेकी हुन्।
दर्शनका क्रममा उनले मन्दिर परिसरभित्र रहेको सीता राम मन्दिर मा समेत पूजा अर्चना गर्दै कीर्तनमा सहभागी भइन्।
जानकी मन्दिरको दर्शनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले धार्मिक स्थलमा पुग्दा आफूले “शान्ति महसुस गरेको” बताइन्।
यसअघि प्रधानमन्त्री कार्की निर्वाचन सफल बनाउन योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई धन्यवाद दिन कर्णाली प्रदेश पुगेकी थिइन्।
