प्रिया मिश्र, बीरगञ्ज।
नेपालका प्रख्यात शिक्षाविद् तथा अनुसन्धानकर्ता प्रा. डा. अञ्जय कुमार मिश्र लाई Corporate Institute of Strategic Research (CISR Global) द्वारा प्रदान गरिने “Pan-Asian Research & Innovation Excellence Award” बाट सम्मानित गरिएको छ।
संस्थाद्वारा जारी गरिएको Certificate of Honor & Distinction अनुसार प्रा. डा. मिश्रलाई अनुसन्धान, नवप्रवर्तन तथा शैक्षिक उत्कृष्टताको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। प्रमाणपत्रमा उहाँको कार्यले वैज्ञानिक ज्ञानको विकास, नवप्रवर्तनको प्रवर्द्धन तथा एशिया र विश्वस्तरमा प्रभावकारी समाधानहरूको खोजीमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ।
CISR Global ले यो सम्मान अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा असाधारण उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई प्रदान गर्दै आएको छ। संस्थाका कार्यक्रम निर्देशक Doreen Jackson तथा ग्लोबल अध्यक्ष Prof. Princewill Inyang को हस्ताक्षरयुक्त प्रमाणपत्रमार्फत प्रा. डा. मिश्रलाई सम्मान प्रदान गरिएको हो।
यस सम्मानले नेपाली शैक्षिक तथा अनुसन्धान क्षेत्रको अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ। प्रा. डा. मिश्रको यो उपलब्धिले नेपालका अनुसन्धानकर्ता, शिक्षक तथा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
शिक्षा, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका प्रा. डा. मिश्रको यो सम्मानलाई नेपालको शैक्षिक समुदायका लागि गर्वको विषयका रूपमा हेरिएको छ।
