मधेश युवा संघ, कतारद्वारा बिरामी मान्सुरीलाई रु. २१,१०५ सहयोग

जनता 4k न्युज जनकपुरधाम — धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१०, हारसर गाउँ निवासी मो. जाबिर मान्सुरीलाई उपचारका लागि रु. २१,१०५ आर्थिक सहयोग प्रदान गरिएको छ।

स्थानीय समाजसेवी लक्ष्मेश्वर शाहको पहलमा वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरूको संस्था मधेश युवा संघ, कतारमार्फत संकलित उक्त रकम पीडितकै घरमै पुगेर हस्तान्तरण गरिएको हो। सहयोग कार्यक्रममा लक्ष्मेश्वर शाह, शम्भु चौधरी, सुरेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो।

सहयोग प्राप्त गरेपछि मान्सुरीले कठिन समयमा साथ दिने सम्पूर्ण दाताहरू तथा संस्थाप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आफूलाई नयाँ आशा र हिम्मत मिलेको बताए।

मधेश युवा संघ, कतार विदेशमा रहेका नेपाली युवाहरूको साझा समाजसेवी संस्था हो। यस संस्थाले विशेषगरी मधेश क्षेत्रका विपन्न, बिरामी तथा असहाय परिवारहरूलाई आर्थिक, नैतिक र सामाजिक सहयोग गर्दै आएको छ।

संस्थाले आपतकालीन स्वास्थ्य सहयोग, विपद् व्यवस्थापन, शैक्षिक सहयोग तथा सामाजिक सचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको छ।

संस्थाका अध्यक्ष प्रताप साहका अनुसार सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने विश्वासका साथ संस्था निरन्तर समाजसेवामा सक्रिय रहेको छ। आगामी दिनहरूमा पनि यस्ता मानवसेवामूलक कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने लक्ष्य संस्थाले राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी