“महोत्तरीदेखि काठमाडौँसम्म: टुप्पीले चिनायो सांसद उज्जवल झा”

जनता 4k न्युज महोत्तरी — महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उज्जवल कुमार झा आफ्नो फरक पहिचानका कारण यतिबेला चर्चामा छन्।

टाउकोमा राखिएको करिब डेढ फिट लामो टुप्पी (टिकी) का कारण प्रारम्भिक चरणमा विभिन्न टिप्पणी र आलोचना खेपेका झा अहिले भने त्यही शैलीका कारण चिनिन थालेका छन्।

हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँमा आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रममा सहभागी भएका झा कार्यक्रमस्थलमै सबैको ध्यानको केन्द्र बने।

कार्यक्रमस्थलमा झा गाडीबाट ओर्लिएलगत्तै अधिकांश सञ्चारकर्मीको ध्यान र क्यामेरा उनको टुप्पीतर्फ केन्द्रित भएको थियो। सहभागी १८३ सांसदहरूमध्ये झा आफ्नो विशिष्ट पहिचानका कारण अलग देखिएका थिए।

अहिले झाको टुप्पीसहितका तस्वीरहरू सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चारमाध्यममा व्यापक रूपमा साझा भइरहेका छन्। यससँगै उनलाई नामभन्दा पनि “टुप्पी सांसद” भनेर चिन्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।

निर्वाचन प्रचारका क्रममा समेत झा घरदैलो अभियानमा जाँदा उनको टुप्पी मतदाताको ध्यान आकर्षित गर्ने प्रमुख माध्यम बनेको स्थानीयहरू बताउँछन्।

इतिहाससँग तुलना गर्दा, पञ्चायतकालमा महोत्तरीका कुलानन्द झाको हातमा रहने लौरो (लठ्ठी) उनको पहिचान थियो भने अहिले उनका नाति उज्जवल कुमार झाको पहिचान टुप्पी बनेको छ।

महोत्तरी क्षेत्र नं. ३ मा आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै तेब्बर मतान्तरले विजयी भएका झा अहिले राजधानीमा समेत आफ्नो फरक शैलीमार्फत छुट्टै पहिचान स्थापित गर्न सफल देखिएका छन्।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी