गौरमा दुई समुदायबीच झडप चर्कियो, प्रशासनद्वारा कर्फ्यु लागू

गौर (रौतहट) — दुई समुदायबीच भएको विवाद उग्र बनेपछि प्रशासनले गौरमा कर्फ्यु आदेश जारी गरेको छ।

गौर नगरपालिका–६ सबगढा क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तीन दिनअघि जन्ती मस्जिद नजिक पुगेपछि सुरु भएको विवाद शनिबार पुनः चर्किँदा सदरमुकाम क्षेत्र तनावग्रस्त बनेको हो।

प्रहरीका अनुसार लगातार दुई दिनदेखि भइरहेको झडपका क्रममा ३ वटा गाडी र २ वटा मोटरसाइकलमा आगजनी गरिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णु प्रदीप बस्यालले शुक्रबार पनि झडप भएको र शनिबार स्थिति थप तनावपूर्ण बनेको जानकारी दिएका छन्।

आक्रोशित समूहले गौरस्थित एक पेट्रोल पम्पमा तोडफोडसमेत गरेका छन्। सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई घर बाहिर ननिस्कन, अफवाहमा विश्वास नगर्न र शान्ति कायम राख्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी