सप्तरी क्षेत्र नम्बर ३ मा उपेन्द्र यादवलाई विजयी गराउने लक्ष्यसहित पालिका स्तरीय युवा तथा प्रचार–प्रसार समिति गठन कार्यक्रम सम्पन्न

सप्तरी। सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवलाई निर्वाचित गराउने लक्ष्यसहित जनता समाजबादी पार्टी नेपालद्वारा पालिका स्तरीय युवा गठन तथा प्रचार–प्रसार समिति गठन कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा पार्टीका क्षेत्रीय, पालिका तथा वडा तहका नेता–कार्यकर्ता, युवा प्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनलाई परिवर्तन, पहिचान, अधिकार र समावेशी लोकतन्त्रको पक्षमा जनमत निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

वक्ताहरूले मधेश, उत्पीडित समुदाय, श्रमिक वर्ग, किसान तथा युवाको अधिकार स्थापित गर्न उपेन्द्र यादवको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संगठनलाई घरदैलो अभियान, जनसम्पर्क विस्तार र विचार प्रवाहमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए।

उनीहरूले युवाशक्ति नै निर्वाचनको निर्णायक आधार भएको बताउँदै प्रत्येक टोल–बस्तीमा पार्टीको सन्देश पुर्‍याउने जिम्मेवारी नवगठित समितिले वहन गर्ने विश्वास व्यक्त गरे।

उक्त अवसरमा क्षेत्र नम्बर ३ अन्तर्गतका पालिकाहरूमा सक्रिय रहने गरी पालिका स्तरीय युवा समिति तथा प्रचार–प्रसार समिति गठन गरिएको छ। नवगठित समितिले

घरदैलो अभियानलाई तीव्रता दिने,

युवालाई संगठित गर्दै निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्ने,

सामाजिक सञ्जालमार्फत पार्टीको नीति, विचार र कार्यक्रम प्रचार गर्ने,

जनताका स्थानीय मुद्दा उठान गर्दै मतदातासँग प्रत्यक्ष संवाद बढाउने

प्रतिबद्धता जनाएको छ।

कार्यक्रमका सहभागीहरूले सप्तरी क्षेत्र नम्बर ३ मा जनता समाजबादी पार्टी नेपालको संगठनात्मक आधार अझ सुदृढ बनाउँदै उपेन्द्र यादवलाई विजयी गराउने दृढ संकल्प व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी