सहजा खोलामा पुल अलपत्र: स्थानीयको आन्दोलनले हुलाकी सडक अवरुद्

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासी आन्दोलित भएका छन्। पुल नहुँदा बारम्बार दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले सोमबार बिहान अलपत्र पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका हुन्।

प्रदर्शनका क्रममा स्थानीयले प्रहरी, प्रशासन र निर्माण कम्पनीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूको माग तत्काल पुल निर्माण सम्पन्न गर्नु हो।

प्रदर्शनमा सहभागी स्थानीय दिपेन्द्र यादवका अनुसार पुल निर्माण अलपत्र हुँदा दैनिकजसो दुर्घटना भइरहेका छन् र निर्दोष नागरिकले ज्यान गुमाइरहेका छन्। अर्का स्थानीय लक्ष्मी प्रसाद यादवले वर्षायाममा खोलामा आउने बाढीका कारण आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको बताए। “बाढी आएपछि खोला तर्नै नसकिने अवस्था हुन्छ, जसले दैनिक जीवन निकै कष्टकर बनाएको छ,” उनले भने।

यसैगरी स्थानीय अमित कुमार यादव (बन्ठा) ले पुल निर्माण सुरु भएको करिब चार वर्ष बितिसक्दा पनि काम सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको गम्भीर लापरबाही भएको आरोप लगाए।

११ करोडभन्दा बढीको ठेक्का, काम ३९ प्रतिशत मात्र

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवका अनुसार पुल नहुँदा औरही, बरियारपट्टि, नवराजपुर, अर्नामा तथा सिरहा नगरपालिकाका नागरिकलाई आवतजावतमा ठूलो समस्या भइरहेको छ। पटक–पटक ठेकेदारसँग छलफल भए पनि काम अघि नबढेको उनको भनाइ छ।

उक्त पुल तथा कल्भर्ट निर्माणको ठेक्का २०७९ साल माघ १५ गते करिब ११ करोड ५४ लाख रुपैयाँ लागतमा सुगम निर्माण सेवा प्रा.लि., महेन्द्रनगर धनुषा ले पाएको थियो। सम्झौता अवधि सकिएर एकपटक म्याद थप हुँदासमेत हालसम्म काम सम्पन्न हुन सकेको छैन।

निर्माण कम्पनीले हालसम्म करिब ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको भए पनि कामको प्रगति भने ३९ प्रतिशत मात्र रहेको छ। दरैयामा निर्माण हुने बक्स कल्भर्टको काम त सुरु नै भएको छैन।

ठेकेदार सम्पर्कविहीन, ठेक्का तोड्ने चेतावनी

हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्ण कुमार महतोका अनुसार हाल ठेकेदार सम्पर्कविहीन रहेका छन्। “एक साताभित्र सम्पर्कमा आएर काम सुरु नगरे ठेक्का तोड्ने प्रक्रिया अघि बढाइनेछ,” उनले बताए।

सिरहामा हुलाकी सडकअन्तर्गत रहेका पाँच योजनामध्ये हालसम्म लगदीगढियानी सडक को काम मात्र अघि बढेको छ। अन्य योजनाहरू कहिले सुरु हुने भन्ने विषयमा अझै कुनै टुंगो लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी