धनुषामा जग्गा विवादका क्रममा झडप, दर्जनभन्दा बढी घाइते

जनकपुरधाम। धनुषामा जग्गासम्बन्धी विवादले उग्र रूप लिँदै झडपमा परिणत हुँदा करिब दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। मिथिला नगरपालिका–२ नक्टाझीझ सुखजोरस्थित सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको आरोप लागेपछि स्थानीयवासीहरू आश्रम परिसरतर्फ गएर जग्गा खाली गराउन माग गरेका थिए। सो क्रममा स्थानीयवासी र आश्रमका अनुयायीबीच चर्काचर्की बढ्दै गएपछि स्थिति नियन्त्रणबाट बाहिरिँदै झडपमा बदलिएको हो।

झडप तीव्र बन्दै जाँदा दुवै पक्षबाट ढुङ्गा वर्षा भएको र केही समय आसपासको क्षेत्र तनावग्रस्त बनेको स्थानीय स्रोतले जनाएको छ। झडपका क्रममा घाइते भएका व्यक्तिहरूलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरी उपचार भइरहेको छ। घाइतेहरूको अवस्था खतरामुक्त रहेको धनुषाका प्रहरी उपरीक्षक रुग्म बहादुर कुँवरले जानकारी दिएका छन्।

विवादका कारण जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा केही समय यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। तर, प्रहरीले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अहिले यातायात आवागमन सुचारु भएको जनाइएको छ।

घटनापछि प्रहरीको टोली सतलोक आश्रम पुगेको छ। प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमको नेतृत्वमा गएको टोलीले दुवै पक्षसँग छलफल गर्दै जग्गाको स्वामित्व, ऐलानी जग्गा प्रयोग र विवादको वास्तविक कारणबारे तथ्य संकलन गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनास्थल आसपासमा थप अप्रिय स्थिति नबढोस् भनेर अतिरिक्त सुरक्षा व्यवस्था पनि गरिएको छ।

स्थानीयवासीका अनुसार ऐलानी जग्गा सार्वजनिक प्रयोगका लागि रहने भएकाले त्यसमा आश्रमले अतिक्रमण गरेको आरोप लगाइएको थियो। आश्रम पक्षले भने आफूहरूले कानुनी प्रक्रिया पूरा गरेर गतिविधि सञ्चालन गर्दै आएको दाबी गरेको बताइन्छ। दुबै पक्षका दाबी–प्रत्यादाबीका बीच उत्पन्न विवाद एकाएक उग्र भएपछि झडपको स्थिति सिर्जना भएको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। हाल स्थिति सामान्य रहेको र सुरक्षा निकाय उच्च सतर्कतामा बसेको पनि जानकारी गराइएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी