धनुषामा सामाजिक सञ्जालमार्फत समुदाय लक्षित गालीगलौज र धार्मिक ग्रन्थ जलाएको आरोपमा तीन जना पक्राउ

जनकपुरधाम। धनुषा जिल्लामा सामाजिक सञ्जालमार्फत समुदाय लक्षित गालीगलौज गरेको तथा धार्मिक ग्रन्थ जलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा कमला नगरपालिका–६ निवासी १९ वर्षीय हैदर अंसारी, १९ वर्षीय अमानत अंसारी र २५ वर्षीय कपिल भन्ने राम प्रताप साह रहेका छन्।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार हैदर अंसारी र अमानत अंसारी टिकटकमार्फत अफवाह फैलाउने, विभिन्न किसिमका अपशब्द प्रयोग गरी समुदाय लक्षित गालीगलौज गरेको भिडियो पोष्ट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

यसैगरी, कमला नगरपालिका–६ स्थित सखुवा टोलको मस्जिदमा तोडफोड गरी त्यहाँ रहेका कागजपत्र निकाल्ने र धार्मिक ग्रन्थहरू जलाएको आरोपमा राम प्रताप साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

टिकटकमा पोस्ट गरिएको भिडियोको विषयलाई लिएर शनिबार मस्जिदमा तोडफोड तथा धार्मिक ग्रन्थ जलाइएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका साहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ बमोजिम धर्म सम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ। यस्तै, हैदर र अमानतविरुद्ध सोही संहिताको दफा १५६ बमोजिम धर्म सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रवक्ता बमले टिकटक, फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा धार्मिक आस्थामा खलल पुर्‍याउने किसिमका स्टाटस, अडियो वा भिडियो पोष्ट गर्ने, लाइक, शेयर वा कमेन्ट गर्ने कार्य कानून विपरीत भएको खण्डमा प्रचलित कानून अनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ।

यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले आज जारी गर्नुभएको सूचनामा सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि सह्य नहुने र यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानून अनुसार कारबाही गरिने स्पष्ट पार्नुभएको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी