जनकपुरधाम। धनुषाको लक्ष्मिनिया गाउँपालिकामा बढ्दै गएको चिसो मौसमको प्रभावबाट प्रभावित विपन्न वर्गलाई राहत पुर्याउने उद्देश्यले मेयर पदका प्रत्याशी, युवानेता तथा समाजसेवी अजय कुमार यादव र उपमेयर पदकी प्रत्याशी भोली देवीको नेतृत्वमा विभिन्न टोलहरूमा दाउरा वितरण कार्यक्रम सञ्चालन गरिएको छ।
यस मानवीय अभियान अन्तर्गत जाडोबाट पीडित वृद्धवृद्धा, महिला, बालबालिका तथा असहाय परिवारहरूले प्रत्यक्ष राहत प्राप्त गरेका छन्। कार्यक्रमको मुख्य उद्देश्य केवल सामग्री वितरणमा सीमित नरही समाजमा आपसी सद्भाव, एकता र जनमैत्री राजनीतिप्रति सशक्त सन्देश प्रवाह गर्नु रहेको आयोजकहरूले बताएका छन्।
यस अवसरमा युवानेता अजय कुमार यादवले भन्नुभयो “राजनीति जनताबाट दूरी बनाउने माध्यम होइन, बरु जनताको पीडा बुझेर समाधानमा सहभागी हुने सशक्त माध्यम हो। जाडोको कठिन समयमा सामाजिक एकजुटता र मानवीय दायित्व निर्वाह गर्नु हामी सबैको कर्तव्य हो।”

कार्यक्रमले स्थानीयवासीहरूमा सकारात्मक सन्देश फैलाउनुका साथै सामाजिक उत्तरदायित्वप्रति राजनीतिक नेतृत्वको प्रतिबद्धता समेत उजागर गरेको छ।
