धनुषामा नागरिकताको दुरुपयोग गरी अनलाइन ठगी गर्ने ६ जना पक्राउ

जनकपुरधाम। धनुषामा सर्वसाधारणको नागरिकता तथा व्यक्तिगत कागजातको दुरुपयोग गरी अनलाइन ठगी गर्दै आएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता गणेशबहादुर बमले वैदेशिक रोजगारीबाट रेमिटान्स आएको रकम झिक्न आवश्यक पर्छ भन्दै नागरिकताको प्रतिलिपि र फोटो संकलन गरी त्यसकै आधारमा वालेट एकाउन्ट खोली ठगी गर्दै आएको गिरोहलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेहरूमा गणेशमानचार नगरपालिका–१ घर भई धनुषाधाम नगरपालिका–९ धारापानी चौकस्थित मामा–भान्जा ट्रेडर्स (आईएमई) का सञ्चालक विनोद भन्ने विशाल भुजेल, धनुषाधाम–९ का ३७ वर्षीय सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधु राम, २२ वर्षीय बलराम मण्डल, २० वर्षीय रुपेश कुमार साह र १९ वर्षीय निक्की कुमार राम रहेका छन्।

प्रहरीका अनुसार आईएमई सञ्चालक भुजेलले धारापानी क्षेत्रका २९ जनाका कागजात प्रयोग गरी झुक्याएर वालेट एकाउन्ट खोलेका थिए। ती वालेटमार्फत सामान बिक्रीको नाममा रकम मगाई ठगी गरिएको र ती वालेटहरूमा करिब ३९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको खुलासा गरिएको छ। हाल करिब ४ लाख रुपैयाँ वालेटमै ब्लक अवस्थामा रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानअनुसार भुजेलले वालेट आईडी तयार पारेबापत छिमेकी मोबाइल पसल सञ्चालक सन्तोष मण्डललाई प्रतिआईडी १ हजार ५ सयदेखि २ हजार रुपैयाँ लिने गरेका थिए। मण्डलले नयाँ सिम कार्ड लिन आउने सेवाग्राहीहरूलाई झुक्याएर आवश्यकभन्दा बढी सिम दर्ता गरी ती सिममार्फत वालेट खोल्न प्रयोग गर्ने गरेको खुलेको छ।

साधु रामले ती वालेटका क्यूआर कोड अन्य ठगी समूहलाई उपलब्ध गराई २५ देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेको र बाँकी रकम ठगी गर्ने व्यक्तिलाई दिने गरेको प्रहरीले जनाएको छ। बलराम, रुपेश र निक्कीले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर लत्ताकपडा, फर्निचर, मोटरसाइकललगायतका सामानको फोटो तथा भिडियो पोस्ट गरी सर्वसाधारणलाई ठगी गर्ने गरेका थिए।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, ल्यापटप ४ थान, एप्पलका आइप्याड १२ थान, सिम कार्ड २० थान, सिम कभर ५५ थान तथा इन्टरनेट राउटर ३ थान बरामद गरेको छ।

प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले आईटी अध्ययनरत तथा सामाजिक सञ्जालमा सक्रिय युवाहरू समेत यस किसिमका अपराधमा संलग्न देखिएको बताए। ठगीमा प्रयोग भएका कागजातका धनीलाई यसबारे जानकारी नै नभएको र ढल्केवर ट्रान्समिसन लाइन क्षेत्रमा काम गर्ने नेपाली तथा भारतीय कामदारहरू बढी प्रभावित भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले जानकारी दिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको र अन्य पीडित तथा संलग्न व्यक्तिहरू पनि फेला पर्न सक्ने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी