एक युवक प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा भेटिए

जनकपुरधाम। धनुषामा चोरी आरोपमा पक्राउ परेका एक युवक प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा भेटिएको खवर प्राप्त भएको छ ।

धनुषाको ईलाका प्रहरी कार्यालय यदुकूहामा चोरी आरोपमा पक्राउ परेका युवक हिरासतभित्रै झुण्डिएपछि अवस्था गम्भिर भएको छ ।

धनुषाको कमला नगरपालिका वडा नं. ८ सोनापाडा बस्ने स्थानीय चन्देश्र यादवको अन्दाजी २२ बर्षिय छोरा सुभाष कुमार यादवलाई हिजो राती चोरी आरोपमा पक्राउ परेका थिए । उनलाई हिरासतमा लिएपछि आज शुक्रबार साँझ हिरासतभित्रै झुण्डिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार, चोरी आरोपमा पक्राउ परेका ती युवकले हिरासतभित्रै कपडा खोलेर झुण्डिएका थिए । समयमै प्रहरी देखेपछि उनलाई उपचारको लागि जनकपुर ल्याएको हो । उनको अहिले आईसीयूमा राखेर उपचार भईरहेको रेग्मीले बताए ।

“ईलाका प्रहरी कार्यालय यदुकूहाको हिरासत कक्षमा आफ्नै कपडा खोलेर झुण्डिएका थिए । अहिले उपचार भईरहेको छ र अवस्था स्टेबल छ । आईसीयूमा राखेर उपचार भईरहेको छ । अहिले ठिक छ ।”– एसपी रेग्मीले भने ।

ईलाका प्रहरीका ईन्चार्ज ओम प्रकाश यादवको नेतृत्वमा घाईते भएका यादवलाई तुरुन्तै अस्पताल पुरयाएपछि स्वास्थ्य अवस्थामा सुधार आएको बताईएको छ ।

यसबारे अनुसन्धान थालिएको एसपी रेग्मीले बताए ।
@न्यूज ब्यूरो

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी