छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवती पक्राउ

प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्सा टोल निवासी ३२ वर्षीय विमलेश यादवको हत्या अभियोगमा २१ वर्षीया जुली झालाई पक्राउ गरिएको हो । झा महोत्तरीको बनौटा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी थिइन् ।

साउन ३ गते राति १०ः०२ बजे विमलेश यादव जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित होटेल एसपी एण्ड गेस्ट हाउस को कोठा नं. १०२ मा प्रवेश गरेका थिए । सीसीटीभी फुटेज र मोबाइल रेकर्डको आधारमा उनी बा ४५ प ४९८६ नम्बरको मोटरसाइकलमा सवार भई अभियुक्तसँगै होटलमा प्रवेश गरेका थिए । होटलमा उनले “शनि यादव“ नाम लेखाई कोठा बुक गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सोही रात २ः५७ बजे यादव होटलको पहिलो तल्लाबाट रगताम्य अवस्थामा भुइँमा खसेको देखिन्छ । लगत्तै अभियुक्त जुली झा कुर्ता सुरुवालमा खाली खुट्टा भुइँतर्फ तल झरेर भाग्दै गरेको दृश्य सीसीटीभीमा कैद भएको छ ।

घटनापछि तत्कालै खटिएको जिरोमाइल प्रहरी टोलीले घाइते अवस्थाको यादवलाई प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याएको थियो, जहाँ उपचारका क्रममा बिहान ७ः४५ बजे उनको मृत्यु भएको जनाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा अभियुक्त जुली झालाई सोही दिन दिउँसो १२ः०० बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी