नेपाल पत्रकार महासंघ मधेश प्रदेशले आफ्नो भवन निर्माणका लागि गुठीको ४ कठ्ठा जग्गा प्राप्त

जनकपुरधाम  / नेपाल पत्रकार महासंघ मधेश प्रदेशले आफ्नो भवन निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित गुठीको ४ कठ्ठा जग्गा प्राप्त गरेको छ । गुठी संस्थाले लिजमा जग्गा उपलब्ध गराउन कानुनी प्रक्रिया अनुसार आह्वान गरेको बोलपत्रमा नेपाल पत्रकार महासंघ मधेशले पेश गरेको प्राविधिक र आर्थिक प्रस्ताव पास भएर जग्गा पाउन सफल भएको हो ।

गुठी संस्थान जनकपुर अन्तर्गत रहेको श्री राम मन्दिर गुठीको ४ कट्ठा जग्गा महासंघलाई उपलब्ध गराउने केन्द्रीय गुठी संस्थानले निर्णय गरेको हो । प्रदेश समितिले अब उक्त जग्गामा आफ्नो भव्य भवन निर्माण प्रक्रिया अघि बढाउने अध्यक्ष श्याम प्रसाद बञ्जाराले जानकारी दिए ।
‘जग्गा प्राप्तिपछि भवन निर्माणमा कुनै कञ्जुस्याईं नगर्ने प्रतिबद्धता मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले व्यक्त गर्नुभएको छ, जुन हाम्रो लागि स्मरणीय छ ’ अध्यक्ष बञ्जाराले भने ।

गुठी संस्थाले जग्गा महासंघलाई उपलब्ध गराउने निर्णयपछि अध्यक्ष बञ्जाराले जग्गा कठिन परिश्रम र निरन्तर प्रयासको प्रतिफल स्वरूप प्राप्त भएको बताएका छन् । अध्यक्ष बञ्जाराले यस उपलब्धिमा योगदान पु¥याउने सबैलाई आभार व्यक्त गरेका छन् ।

केन्द्रीय समिति, महासचिव रामप्रसाद दाहाल, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य तथा प्रदेश सल्लाहकार राजेश कर्ण, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, चौतारीका प्रदेश इञ्चार्ज अच्युत पौडेल, प्रेस सेन्टरका नेता गोविन्द देवकोटा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सल्लाहकार अवधेश झा, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, तथा अन्य सबैको सहयोगलाई उनले ‘अमूल्य पूँजी’ को रूपमा व्याख्या गरे ।

जग्गा प्रक्रियामा अहोरात्र खटिने उपाध्यक्ष अम्बिका दाहाल, महासचिव शैलेन्द्र क्रान्ति, उपाध्यक्ष ज्योति झा, सचिव हदिश खुदार, दीपक गौतम, कोषाध्यक्ष अनिल गौरव लगायत कार्यसमितिका सबै सदस्यहरूको समर्पणलाई पनि उनले विशेष रूपमा स्मरण गरेका छन् ।

बञ्जाराले केन्द्र, प्रदेश र जिल्लास्तरीय सञ्चार नेतृत्व, पत्रकार, शुभचिन्तक तथा सबै संचार संस्थाहरूप्रति पनि आभार प्रकट गरेका छन् ।
जग्गा प्राप्ति हुन नदिने षड्यन्त्र गर्ने केही आफ्नै तत्वलाई उनले धन्यबाद ज्ञापन गरेका छन् । ‘कहिलेकाहीँ आफ्नै मान्छेहरूले समेत नहोस भनी अवरोध पु¥याउने प्रयास गरे पनि पवित्र मनले गरिएको कर्मले फल दिएको छ । ती विरोधका स्वरहरूले नै हामीलाई अझ दृढ बनाए र सफलताको शिखरमा पुग्न उत्प्रेरित गरेको छ । त्यसैले पहिलो धन्यवादका पात्र पनि ती विरोधी नै हुन् ’ उनले भनेका छन् ।

जग्गा प्राप्तिको क्रममा केही व्यक्तिहरूको आलोचना, अपमान र टिप्पणी पनि आएको स्मरण गर्दै बञ्जाराले भने ‘मधेश प्रदेशका माननीय संचार, कानून तथा गृहमन्त्रीज्यूले गरेका सार्वजनिक टिप्पणीको मूल्यांकन पत्रकारिता क्षेत्रले आफ्नै तरिकाले गर्नेछ । तर, हामीले त्यसलाई पनि गतिको रूपमा लियौं र जुनसुकै हालतमा जग्गा प्राप्त गर्नैपर्छ भन्ने अठोटका साथ अघि बढ्यौं ।’

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी