मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ, राहत सामग्री पठाउन मुस्किल

भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् ।

ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका अनुमान छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीले जनाएको छ । भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको खबरमा उल्लेख छ ।

भूकम्प पछि धेरै मानिसले खुल्ला आकाशमुनि रात बिताइरहेका छन् । गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ । यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् ।

भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार  सयभन्दा धेरै घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

ट्रेन्डिङ

सम्बन्धित समाचार

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषा ट्राफिक कार्यालयमा वरिष्ठ प्रहरी अधिकारीद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

धनुषामा नम्बर प्लेट दुरुस्त पार्ने विशेष अभियानलाई निरन्तरता

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

शहीद सूर्यनाथ रान स्मृति अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरवार यादव नियुक्त

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

सिरहा नगरपालिकाको मुख्य सडकमा कालोपत्रे कार्य सुरु, नगर प्रमुख डा. यादव ले भने– “विकासलाई तीव्रता दिएका छौं”

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

महोत्तरीको सीमामा लाइनको खेल :भारतीय एसएसबीले दैनिक समात्छ तस्करीका सामान, नेपाली सुरक्षा संयन्त्र मौन

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

जनकपुरधाममा महिलाहरुको लागि भक्तपुर अस्पतालको निशुल्क स्वास्थ्य शिविर

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

“फोनसमेत नउठाई गायब भए वडा अध्यक्ष साह! लक्ष्मीनियाँ–४ मा सडक नापी रोकिँदा स्थानीय आक्रोशित, विकास अवरुद्ध”

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी

सिरहा नगर प्रमुख डा.यादवद्वारा आरोप अस्वीकार, षड्यन्त्रपूर्वक फसाउने प्रयास भएको दाबी